नामिबियासँगको खेल जित्न नेपालले पायो २७६ रनको लक्ष्य

काठमाडाैं | मंसिर २१, २०७९

नामिबियासँगको खेल जित्न नेपालले पायो २७६ रनको लक्ष्य

काठमाडौंः:  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २७६ रनको लक्ष्य पाएको छ ।


टर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो । उसका लागि तेस्रो क्रमका ब्याटर माइकल भान लिङ्गेनको ११५ रनको शतकीय पारी खेले । उनले १११ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे ।


ओपनरद्वय लो–हान्ड्री लोरेन्स र डिभान ला कक क्रमशः १४ र १८ रनमा आउट भए । तेस्रो विकेटका लागि कप्तान गेरहार्ड र माइकलले ९९ रनको साझेदारी गरे । कप्तान गेरहार्ड इरामुसले ७६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए ।


तेस्रो क्रममा आएका माइकल र पाँचौ ब्याटर जान निकोलले ९० रनको साझेदारी गरे । जान ३२ बल खेल्दै ४० रन बनाउँदै ललित राजवंशीको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच भए । छैटौं ब्याटर जे जे स्मिथ ५ बल खेल्दै २ रनमा कुशल भुर्तेलको हातबाट क्याच भए ।


जेन ग्रिन १० बलमा ९ रन बनाई ललित राजवंशीको बलमा आशिफ शेखबाट क्याच भए ।


नेपालका लागि स्पिनर ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले यस प्रतियोगितामा २ विकेट लिए । दोस्रो विकेटसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । सागर ढकालले १ विकेट लिए ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्